गण्डकीका मुख्यमन्त्री पाण्डेसँगै विना विभागिय २ मन्त्रीले लिए शपथ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १५ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियकताको शपथ लिनुभएको छ ।
विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेलाई शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियकताको सपथ ग्रहण गराउनुभएको हो ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले आजै मन्त्री मण्डल विस्तार गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ गराउन्भएको छ ।

यस्तै नवनियुक्त मन्त्रीहरुलाई कुनैपनि जिम्मेवारी तोकिएको छैन । उहाँहरुलाई बिना विभागीय मन्त्रीको हैसियतमा सपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।
दलहरुबीच भागवण्डा नमिलिसकेकाले मन्त्रालय नतोकिएको श्रोतले बताएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला