माइतीघरमा महावीरको धर्ना सुरु, पोखरामा अमरसिंह पुनको एक्यबद्धता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , १५ बैशाख । सरकारले खोज, अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गर्नुभएको छ । उहाँको यस कार्यक्रमलाई समर्थन गर्दै पोखरामा पनि ३६ वर्षीय अमरसिंह पुनले आजबाट धर्ना दिन सुरु गर्नुभएको छ ।

उहाँको यस कार्यक्रमलाई सफल बनाउन पोखराका विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले साथ दिएर हौसला बढाउनुभएको छ । विभिन्न माग राख्दै आजबाट काठ्माण्डौंमा धर्ना दिन सुरु गरेका महावीरको यस कार्यक्रमलाई पुनले पनि समर्थन जनाउनुभएको हो । उहाँले जिल्ला प्रशासन कार्यालय कास्की स्थित शहिद चोकमा धर्ना दिनुभएको छ ।

उहाँहरुले राखेका मागहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने र त्यो कोष सन्चालन गरी अनुसन्धान गर्नेहरुलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने माग राख्दै धर्ना दिनुभएको हो ।

यस्तै यसका लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, यसको प्रवद्र्धन गर्न व्यवहारिक अनुसन्धान र विभाग खोल्नुपर्ने, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवद्र्धन समिति बनाउनुपर्ने, स्टार्ट–अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने लगायतका मागहरु छन् ।

पुनले सरकारले जबसम्म आफुहरुको आविष्कार केन्द्रले राखेका मागहरु सम्बोधन गर्दैन तबसम्म यस धर्ना कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

यस्तै माइतीघरमा धर्ना दिएका यस आविष्कार केन्द्रका संस्थापक पुनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफुहरुको मागको विषयमा जानकारी समेत गराउनुभएको थियो ।
सरकारबाट आफुहरुको माग सुन्ने काम मात्र भएको तर सम्बोधन नहुँदा उहाँहरुले आजबाट दबाव स्वरुप धर्ना सुरु गरेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।

त्यस्तै यस केन्द्रलाई गण्डकी प्रदेश सरकारले समेत पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको परिसर आविष्कारको लागि प्रयोग गर्न दिएको छ ।

हाल त्यहाँ १० वटा विभिन्न नयाँ आविष्कारहरु भइरहेका छन् । त्यसमध्ये नेपालको परम्परागत रक्सी बनाउने प्रविधिलाई नवप्रवर्तन गरि आधुनिकरण गर्न सफलता प्राप्त भईसकेको छ ।
यस कार्यलाई सफल तुल्याउन पोखरामा पनि धर्ना कार्यक्रम सुरु गरेका अमरसिंह पुनको योग्दान रहेको छ । अब नेपाली लोकल रक्सीलाई देशभित्र नै मान्यता दिएर अन्तर्राष्ट्रिय रुपमा पनि बजारीकरण गर्नुपर्छ भन्दै पुनले पनि धर्ना दिनुभएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला