गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

नगेन न्यूज
  • ख-
  • ख+

भलिबल तर्फ नवलपुर र छात्रातर्फ कास्की विजयी
पोखरा, बैशाख १२ । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्डमा कास्की च्याम्पियन बनेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की कुल ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो ।
कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदक जित्दै नगद ३० हजार हात पारेको छ ।

यसै गरी गत वर्षको च्याम्पियन बागलुङ यस पटक भने दोश्रो भएको छ । प्रतियोगितामा बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ भने नवलपुर ७ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल १८ पदक जित्दै तेश्रो स्थान हात पारेको छ ।
दोश्रो भएको बागलुङले नगद २० हजार र तेश्रो हुन सफल नवलपुरले नगद १० हजार प्राप्त गरेका छ ।

यता मंगलबार नै सम्पन्न छात्र भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तेश्रो भएको छ ।
त्यस्तै छात्रा भलिबलमा कास्कीले बाजी मारेको छ । कास्कीले स्याङजालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तेश्रो भएको छ ।

सम्पन्न एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण ८ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर ५ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेर दोश्रो र स्याङजाले ४ स्वर्ण र १ कास्यका साथ तेश्रो भएको छ ।

यसै गरी कबड्डी छात्रतर्फक कास्की प्रथम भएको छ । कास्कीले म्याग्दीलाई ४३ का विरुद्ध ४५ अंकले पराजित गर्दै पहिलो भएको हो भने बागलुङ र गोर्खा तेश्रो भएका छन् ।
छात्रा कबड्डीतर्फ बागलुङले तनहुँलाई ६६ का विरुद्ध २० अंकले पराजित गर्दै पहिलो हुँदा नवलपुर र स्याङजा तेश्रो भएका छन् ।

मार्शल आर्ट उशुतर्फ समग्रमा बागलुङले ४ स्वर्ण २ रजतका साथ पहिलो, कास्की २ स्वर्ण र २ रजत र २ कास्य पदकका साथ दोश्रो म्याग्दी २ रजत र ५ कास्य पदकका साथ तेश्रो हुँदा तेक्वान्दोतर्फ म्याग्दीले २ स्वर्ण १ रजत, कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य तथा नवलपुर १ स्वर्ण २ रजत १ कास्य पदकका साथ क्रमश पहिलो, दोश्रो र तेश्रो भए । यस्तै करातेतर्फ म्याग्दी जिल्ला प्रथम भएको छ ।

दुई दिन सम्म चलेको प्रतियोगितामा कुल ६ वटा खेलहरु भएका थिए । जस मध्ये मार्शल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए ।

विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रम प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको थियो ।
उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु यहि बैशाख १५ गतेबाट काठमाण्डौमा सुरु हुने तेह्रौं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन १४ गते प्रस्थान गर्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला