गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा बैशाख १४ भित्र नयाँ सरकार गठन गर्न आह्वान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १४ चैत । नयाँ सरकार गठन गर्नका लागि दाबी पेस गर्न गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् ।
बैशाख ९ गते मुख्यमन्त्री खगराज अधिकारीले सदनबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख गुरुङले आह्वान गर्नुभएको हो ।

उहाँले नयाँ सरकार गठनका लागि आजको मितिदेखि ३ दिन अर्थात बैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिनुभएको छ । प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

उक्त उपधारा अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न उहाँले आह्वान गर्नुभएको छ ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला