मदन भण्डारी स्पोर्टस् एकेडेमीले जिल्ला कमिटिहरुलाई दियो पूर्णता

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौ, बैशाख ८ । मदन भण्डारी स्पोर्टस एकेडेमीले जिल्ला कमिटिहरुलाई पूर्णता दिएको छ ।

एकेडेमीले शुक्रबार एक परिपत्र जारी गर्दै जिल्ला कमिटिहरुलाई पूर्णता दिएको जनाएको हो ।
लुम्बिनीमा गत चैत्र २३ गते सम्पन्न राष्ट्रिय भेलाको निर्णय अनुसार जिल्ला कमिटिहरुलाई पूर्णता दिएका एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाउनुभएको छ ।

हाल सम्म ३९ जिल्लालाई पूर्णता दिएको जनाउँदै अन्य जिल्लाको हकमा यथासिघ्र निर्णय लिइने अध्यक्ष आचार्यले जनाउनुभएको छ । जिम्मेवारी प्राप्त कमिटिहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै उनले निर्णयको पूर्ण कार्यान्वयन संगै खेलकुद विकासलाई तिव्रता दिन आग्रह समेत गर्नुभएको छ ।

एकेडेमीको राष्ट्रिय भेला संस्थका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
अध्यक्ष आचार्यले राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गर्नुभएको छ । एकेडेमी अव छिट्टै पालिकाहरुमा कमिटि गठन गर्ने तयारी गरिरहेको जनाएको छ ।

यस संगै “सबैका लागि खेलकुद” भन्ने मूल नारासहित एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता तथा फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तानलगायत प्रदेशस्तरीय प्रतियोगिता गर्ने तयारी गरिरहेको उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । जस मध्ये टेबुल टेनिस प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला