वीपीको अगालेको बाटोमा हिँडौ : नेता डा.शेखर कोइराला

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेस वीपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अगालेर हिड्नु पर्नेमा जोड दिनुभएको छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

वीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली काँग्रेसले छाड्न नहुने उहाँको भनाई थियो । उहाँले विचार बिनाको राजनीतिबाट कुनै गन्तब्यमा पुग्न नसकिने बताउदै पार्टीको आउँदो १५ औं महाधिवेशनबाट नेपाली काँग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

डा. कोइरालाले नेपाली काँग्रेस प्रजातन्त्र प्रति विश्वास राख्ने पार्टी हो, काँग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधैं प्रतिवद्ध र यि कुरामा कसैसँग सम्झौता नगर्ने बताउदै नेपाली काँग्रेसको विचारलाई गाउँगाउँसम्म पु¥याएर आम युवा तथा महिलालाई नेपाली काँग्रेसप्रति आकर्षित गर्न जरुरी भएको बताउनुभयो ।
तनहुँको उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्किनुभएको डा. कोइरालाले तनहुँमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई निर्वाचन जित्ने दावी समेत गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई आफूले यस अघि चितवनबाट उपनिर्वाचन लड्न आग्रह गरेको तर उहाँले चितवनमा निर्वाचन लड्न नमानेको बताउनुभयोे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले नेपाली काँग्रेसले वर्तमान अवस्थाको फाइदा लिँदै पार्टी र संगठन विस्तारमा जुट्न सुझाव दिनुभयो । उहाँले सरकारमा रहेको बेला पार्टी विस्तारमा जति सजिलो हुन्छ नहुँदा कठिन भएकाले काँग्रेसले युवालाई समेट्दै पार्टीलाई नयाँ सिराबार अगाडि वढाउन जरुरी भएको बताउनुभयोे ।
पार्टीभित्र विचारभन्दा पनि व्यक्तिवादी स्वार्थ हावी हुँदा पार्टी कमजोर भएको बताउँदै नेता गौतमले पार्टीको १५ औं महाधिवेशनबाट वैचारिक रुपमा अगाडि बढाउन सुझाव दिनुभयो ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भोलिका पीडिका लागि काँग्रेसले सोच्न जरुरी भएको बताउनुभयोे । युवाहरुको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताउँदै नेता शर्माले अब काँग्रेसले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको सभापतित्वमा भएको उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीको विभिन्न भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधिहरुको पार्टीलाई अगाडि वढाउनका लागि सुझावहरु दिएका थिए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रम प्रदेश उपसभापति कल्पना तिवारीले समापन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला