पोखरेली खेलाडी अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । अमेरिकामा व्यवसायीक रुपमा टेनिस खेल्दै आउनुभएको पोखरेली खेलाडी अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा रहनु भएको छ ।

पोखराबाट टेनिस खेल्न सुरु गर्नुभएको २३ वर्षीय बास्तोला नेपालका लागि पहिलो पटक आइटिएफको वरियतामा पर्न सफल हुनुभएको हो ।
अमेरिकामै अध्ययन गर्दै आइरहेका उहाँले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ ।

विश्ववारियताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बास्तोलाले विश्ववारियताको दुई हजार भन्दा तल पर्नु सामान्य कुरा नभएको बताउनुभयो ।

उहाँले दशौं हजार खेलाडीहरुको बीचमा समेत १७९० स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको बताउदै आफु देशका लागि खेल्ने भएकाले बाकीँ यात्राका लागि सम्बन्धित निकायले समेत सहयोग गरिदिनुपर्नेमा जोड दिनुभयो ।

अभिषेकले हाल सम्म विभिन्न १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेको अनुभव समेत बटुलिसक्नुभएको छ । उहाँले सन २०२४ को ओलम्पिकको तयारी गरिरहेको जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला