एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालको सानदार जित सुरुवात

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा सानदार जितको सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै सानदार जितको सुरुवात गरेको हो ।

मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । बलिङतर्फ मुहम्मद वकिफ, रिजवान हैदर, विजय उनी र विरनदीप सिंहले १र१ विकेट लिए ।

त्यस्तै नेपालले बैशाख ८ गते ओमानसँग, ११ गते साउदी अरबसँग र १४ गते कतारसँग खेल्नेछ । यस प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बर पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह बी मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला