मस्तिस्क पक्षघात भएका वालवालिकाका अभिभावकलाई खाद्यान्न वितरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । युनाइटेड क्लबले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालवालिकालाई लक्षित गरी खाद्यान्न वितरण गरेको छ ।
मस्तिस्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको साथि संसार नेपालमा आवद्ध रहेका २० जना अभिभावकलाइ युनाइटेड क्लबले खाद्यान्न वितरण गरेको हो ।
क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत पोखरा ३३ मा रहेको साथि संसार नेपालको कार्यलयमा पुगी उक्त संस्थामा आवद्ध रहेका २० जना मस्तिस्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँले अपांगता भएका ब्यातिmहरुमा पनि सवैभन्दा पछाडि परेका सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालवालिकालाई लक्षित गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लब परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

युनाइटेड क्लबले स्थापना कालदेखीनै सामाजिक काममा लागि रहदा १३ औं वार्षिकोत्सव सम्म आइपुग्दा सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माण गर्न गरेको पहलकदमीको प्रशंसा गर्दै आगामी दिनमा पनि क्लव संग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

बानियाँले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालवालिकाहरुलाई लक्षित गर्दै आफ्नो वडामा समेत उनीहरुका अभिभावकहरुलाई परामर्श दिदै आइरहेको र विभिन्न संघ संस्थाको सहयोगमा सहायता सामाग्रीहरु वितरण गर्दै आइरहेको र आगामी दिनमा बालहितकारी परियोजना अन्तर्गत उनीहरुलाई लक्षित गरी डे केयर सेन्टर स्थापना गर्ने समेत वताउनुभयो ।

त्यसैगरी साथि संसारमा आवद्ध रहेका बालवालिकाहरुलाई समेत कार्यपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
त्यस्तै साथि संसार नेपालका कार्यक्रम ब्यवस्थापक नारायण अधिकारीले १७ वर्षदेखि मस्तिस्क पक्षघात भएका वालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा हाल सम्म सरकारी पक्षबाट कुनैपनि सहयोग नभइरहेको र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले साथि संसार नेपालमा आवद्ध रहेका वालबालिकाहरुलाई लक्षित गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयोे ।

मस्तिस्क पक्षघात भएकाहरु अपांगता भएका ब्याक्तिहरुमा पनि पछि परेको ब्याक्तिहरु भएको बताउदै उनीहरुको क्षेत्रमा राज्यले केहीपनी गर्न नसक्नु दुखद पक्ष रहेको वताउदै आफुहरुले संस्था स्थापना गरी विभिन्न दाताहरुको सहयोगमा मस्तिस्कमा परेका असरका कारण वालवालिकाहरुलाई विशेष शिक्षा एवं पुनस्र्थापना केन्द्र स्थापना गरी काम गर्दै आइरहेको वताउनुभयो ।

साथी संसार नेपालमा आएपछि बालवालिकाहरु कतिपय नियमित विद्यालय जान सक्ने भएको, हिडडुल गर्न सक्ने भएको वताउदै त्यस्ता बालवालिकाको घरघरमा गएर उनीहरुलाई दैनिक जीवन सहज बनाउन सीप समेत सिकाउदै आएको अधिकारीले वताउनुभयो ।
साथी संसार नेपालमा आवद्ध ३० जना विद्यार्थीहरु विभिन्न विद्यालयमा अध्ययनरत रहेको र हालमात्रै २ जना विद्यार्थीले एसइइमा समेत सहभागीता जनाएको समेत अधिकारीले वताउनुभयो ।

सो अवसरमा वोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको र १३ औं वार्षिकोत्सवको अवसर पारी साथी संसार नेपाल संग जोडिने मौका पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि साथी संसार नेपालमा आवद्ध रहेका बालवालिकाहरुलाई सहयोग गर्ने वताउनुभयो ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला