बृद्धाश्रम सहयोग समिती द्धारा प्रशान्ती बृद्धाश्रममा १ लाख सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

सुर्खेत । बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।
ज्येष्ठ नागरीक हरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पु¥याउने उदेस्यले शुरु भएको बृद्धाश्रम सहयोग समिती र प्रशान्ती बृद्धाश्रम विच सहयोगको वातावरण वनी दुवै समिती विच समन्वय भएको छ ।

ज्येष्ठ नागरीक महासंघका केन्द्रिय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो बृद्धाश्रमलाइ अव प्रदेशकै अग्रणी संस्थाको रुपमा विकाश गरीने सोच रहेको हुँदा सहयोगी हात हरुको आवस्यकता रहेको कुरा बताउनुभयो ।

हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितीले यो महिना कणार्लीको प्रशान्ती बृद्धाश्रम मा एक लाख अक्षयकोष स्थापना गरेको हो ।

५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवस्यक रहेको जानकारी गराउदै सहयोग गर्न इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने जानकारी गराउनुभयो ।

बृद्धाश्रम सहयोग समिती अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रममा हरुमा कम्तीमा पनी एक एक लाखको अक्षयकोष स्थापना गर्ने उदेस्य अनुरुप यस आश्रममा सहयोग गरेको बताउनुभयो ।

वडा अध्यक्ष र पालिकाले दिएको सहयोग वाट रकम जुटीरहेको उहाँले वताउनुभयो ।
ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न चाहनेले ९८५१३४१११४ मा सम्पर्क गर्न समेत उहाले जानकारी गराउनुभयो ।
हरेकले महिनामा १० रुपैयामात्र भएपनी ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न उहाले अनुरोध गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला