हल्काराको ट्रेलर सार्वजनीक : जब धन कमाउन उडेका बाकसमा फर्किन्छन् ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौ । वैशाख २९ गते रिलिज हुने चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।

हरेक नेपालीको घरको कथा भन्ने यस चलचित्रको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ ।
ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पु¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोशिस गरिएको छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्काराको चरित्र निर्वाह गर्नुभएको छ ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जित्नुभएको थियो ।
यसैगरी फिल्म नेपाल(अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुनुहुन्छ ।
यसमा विप्लव प्रतीक र आकाश बरालले सहलेखन गर्नुभएको छ ।
महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

चलचित्र मनोरञ्जक रहेको निर्देशक सापकोटाले बताउदैं चलचित्रलाई पूर्ण ‘मेनस्ट्रिम’मा रहेको बताउनुभयो ।
यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भन्नुभयो ।

“यो चलचित्र मेरो लागि एक महत्वपूर्ण अवसर हो । यसमा कलाकारले आफ्नो चरित्रमार्फत नितान्त कलाकारिता देखाउने मौका पाएका छन् । मैले पनि यसमा साँच्चिकै अभिनय गर्ने मौका पाएको छु”, अभिनेता त्रिपाठीले भन्नुभयो । अभिनेत्री थापाले आफूले वर्षौँ लगाएर सिकेको अभिनयको अनुभव यो चलचित्रमा देखाउने मौका पाएको बताउनुभयो ।

यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योति रानाको रहेको छ ।
‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुनुहुन्छ । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला