१९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराउनुभएको हो ।

पहिलो चरणको प्रशिक्षण बैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ । त्यसमा ४ सय २५ खेलाडी सहभागी हुने छन् ।
२ सय ९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
अन्तिम चरणमा खेलाडी संख्या १ सय ६८ कायम हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि बैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुनेछ । यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य–सचिव घिसिङले जानकारी दिनुभयो ।

सदस्य–सचिव घिसिङले हाल तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएको बताउनुभयो ।

नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् ।
एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङझावमा हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला