टाईगर ग्रुपले पोखरा स्पोट्र्स अवार्डलाई सघाउने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०७९’ लाई टाईगर ग्रुप अफ पोखरा नेपालले सघाउने भएको छ ।

टाईगर ग्रुपले अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार प्रायोजन गर्ने सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिनुभएको छ ।

सम्झौता पत्रमा बुधबार टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले हस्ताक्षर गर्नुभएंको छ ।
वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार राशी पैतीस हजार रुपैयाँ रहेको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका सासंद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्षद्धय केशव पाठक र एकराज गिरी, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल लगायतको उपस्थिती रहेको थियो ।

टाईगर ग्रुप अफ पोखरा नेपालले नेपालको राष्ट्रिय खेल भलिवललाई प्रवद्र्धन गर्ने उद्धेश्यले टाईगर कप भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
टाईगर ग्रुपले यसअगाडि समेत स्पोट्र्स अवार्डमा सहयोग गरेको थियो ।

सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ ।
यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिनुभयो ।

अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा मञ्चले तयारीलाई तिव्रता दिएको छ । सबैको साथ सहयोग प्राप्त हुने क्रम भइरहेकोले यसपालीको अवार्ड कार्यक्रम भव्य बन्ने मञ्चले विश्वास गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला