
काठमाडौं , २८ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गर्नुभएको हो ।
रिजालले अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै ब्याज न्यूनीकरणले धेरै समस्या समाधान गर्ने बताउनुभयो ।
मन्त्री रिजालले निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै प्रधानमन्त्रीलाई ब्याजदर घटाइदिन आग्रह गर्ने बताउनुभयो । उहाँले अन्तर सरकारी समन्वय बढाउने पनि बताउनुभयो ।
उहाँले अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै निजी क्षेत्रको सहयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।