महिलाहरूलाई विपिसीको चप्पल बनाउने तालिम 

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २७ चैत्र । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र (वि पिसी) को आयोजनामा १५ दिने चप्पल बनाउने तालिम सुरु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १५ मा सुरु गरिएको उक्त तालिमको वडा अध्यक्ष बोध बहादुर कार्कीले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै अध्यक्ष कार्कीले तालिमले महिला दिदीबहिनीहरूको सीप विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महिलाहरूलाई आर्थिक सशक्तीकरण सहित अर्थोपार्जनका गतिविधिमा सहभागी बनाउन आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष कार्कीले वडावासीहरूको क्षमता विकासका लागि यस्ता प्रकारका कार्यक्रमहरू निरन्तर हुनुपर्ने बताउनुभयो ।

व्यवसाय प्रवद्र्धन केन्द्र (वि पिसी) का प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सिप विकास सहितको रोजगारी सृजना आजको आवश्यकता भएको बताउनुभयो ।
महिला दिदीबहिनीहरूलाई सिप सिकाउँदै उद्यमशील बनाउने र आयआर्जनका लागि हौसला प्रदान गर्दै सहुलियत दरमा ऋण तथा अनुदानका कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । महानगरपालिका भित्रको बेरोजगार समस्यालाई न्यूनीकरणका लागि विशेष गरी महिला तथा युवाहरूलाई उद्यमसँग जोड्ने गरी महानगरपालिका अगाडी बढेको उहाँले बताउनुभयो ।

तालिममा सविता श्रेष्ठ रञ्जित र सुविना विसुङ्खे लगायतले प्रशिक्षण गर्नुहुनेछ । तालिममा १० थरिका चप्पलहरू बनाउन सिकाइने छ । तालिममा ३ आमा समूहका ३० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको छ ।
तालिम पोखरा महानगरपालिका वडा १४ स्थित रामेश्वरकी आमा समूहको भवनमा सञ्चालन भइरहेको छ ।

वडा स्तरीय व्यवसाय प्रवद्र्धन समिति पोखरा १४ की संयोजक शान्ता देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महिला सदस्य तनुजा थापा सिके र सञ्चालन सुजता शर्मा ढकालले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला