रेडियो जननीले टिकटक कविता प्रतियोगिता गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २४ चैत्त । रेडियो जननी ९०.६ मेगाहर्जले माता तिर्थऔँसीको अवसरमा टिकटक मार्फत कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्रताको लागि र तेस्रो आवाज समानताको लागि भन्ने मुल उद्घोषका साथ सञ्चालित रेडियोले टिकटक मार्फत आमा विषयमा कविता प्रतियोगिताको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष हिरा भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार सहभागीले आगामी चैत्त २४ गते शुक्रवारदेखि वैशाख ३ गते अपराह्न ५ बजेसम्म आफ्नो कविता वाचन गरी रेडियो जननीको टिकटकमा ट्याग गर्नुपर्दछ ।
कविताको नतिजा वैशाख ५ गते रेडियो जननीले आयोजना गरेको “मातातिर्थ औँसीको महत्व” विषयको परिचर्चा कार्यक्रमको दिनमा सार्वजनिक गरिने भट्टराईले बताउनुभयो ।

प्राप्त कविताहरुवाट निर्णायकहरुले प्रथम, द्धितिय र तृतीय छुट्याउने रेडियोले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १५ हजार, द्धितिय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ५ हजार नगद रहेको कार्यक्तम संयोजक तथा रेडियोका कार्यक्रम प्रमख सबु पाठकले बताउनुभयो ।

पाठकका अनुसार कविता कुनैपनि पुस्तक वा पत्रपत्रिकामा नछापिएको हुनुपर्ने, कुनै जात, धर्म, राजनितिक विषयलाई नछोइएको हुनुपर्ने, कविता आमा शिर्षकमा हुनुपर्ने, अनिवार्य रुपमा ह्यासट्याग रेडियो जननी प्रयोग गर्नुपर्ने र अनिवार्य रुपमा रेडियो जननीको टिकटक एकाउण्टलाई फलो गरेको हुनुपर्ने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला