पत्रकार महासंघ कास्कीले चार पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील चार जना पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ ।
महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिनुभयो ।

जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान २०७७ बाट अग्रज पत्रकार नवीन सिग्देल र संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मान गर्ने निर्णय गरेको हो ।
महासंघका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक संयोजक, पत्रकारहरु श्याम कुँवर, यादुनाथ बञ्जरा सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको हो ।
पत्रकार सिग्देललाई नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिनेछ ।

यसैगरी टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार भूपाल गुरुङलाई सम्मान गरिने भएको छ ।
महासंघका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक, पत्रकार नवराज सुवेदी र राजबहादुर गुरुङ सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पत्रकार गुरुङलाई सम्मान गर्ने निर्णय भएको हो ।
पुरस्कारको राशि २० हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यस्तै, जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०७८ बाट पत्रकार गौरव त्रिपाठी र २०७९ बाट पत्रकार दुर्गा रानालाई पुरस्कृत गरिने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी कुशुम केशव पराजुली संयोजक, पत्रकार रमेश पौडेल र दुर्गा अधिकारी सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा महासंघले त्रिपाठी र रानालाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि नगद ११ हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला