व्यवसायीलाई करको भारी र बैकको चर्को ब्याज एकैसाथ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २३ चैत्र । कपडा व्यवसायी एसोसिएसन कास्कीको २७ औँ स्थापना दिवस, नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
संस्था स्थापना भएको २७ वर्ष पुरा भएको अवसरमा प्रकाशित नयाँ वर्ष २०८० सालको भित्ते पात्रोको समेत विमोचन गरिएको हो ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोलाले व्यवसायीहरू सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणका कारण थला परेका व्यवसायीहरूको अवस्था हाल आर्थिक सङ्कटबाट गुज्रिरहेको उहाँले बताउनुभयो ।

अँध्यारो पछि आउने उज्यालोलाई हेरेर भएपनि व्यवसायीक रूपमा बचेर व्यवसाय सञ्चालन गर्नु पर्ने अवस्थामा व्यवसायीहरू रहेको उहाँले उल्लेख गर्नुभयो ।

संस्थाका पूर्व अध्यक्ष रामचन्द्र गौतमले मुलुकको राजनीतिक अस्थिरता र बैक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजका कारण व्यवसायीहरू थप समस्यामा परेको बताउनुभयो । आर्थिक रूपमा धारासायी भएका व्यवसायीहरूको पुनरुत्थानका लागि समस्याहरूको साझा समाधानमा जोड दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुलीले आर्थिक चपेटामा परेका व्यवसायीहरूलाई घर भाडामा सहुलियतका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

कोरोनाकाल पछिको आर्थिक सङ्कट र चर्को ब्याजदरका कारण पलायन हुने अवस्थामा पुगेका व्यवसायीहरूको समस्या समाधानका लागि उहाँले एकीकृत प्रयासमा जोड दिनुभयो ।

सामूहिक रूपमा व्यवसायीहरूको समस्याका सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन नसके समस्या थप जटिल बन्दै जानेतर्फ उहाँले सचेत बन्न सुझाव दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार यमनाथ तिमिल्सीनाले व्यवसायीका पिर मर्काका विषयमा एकाकार हुन आवश्यक रहेको बताउनुभयो । साझा समस्याहरू समाधानका लागि व्यवसायीक एकता र समझदारी आवश्यक पर्ने उहाँले बताउनुभयो ।

संस्था सदैव व्यवसायीहरूको हितका लागि निरन्तर क्रियाशील र सक्रिय हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष नवीन नापितले कठिन परिस्थितिका बाबजुद पनि व्यवसाय सञ्चालन गर्नु परेको बताउनुभयो । राज्यले थोपरेको करको भारी र बैक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजले व्यवसायीहरूलाई निकै अप्ठ्यारो पारेको उहाँले उल्लेख गर्नुभयो । व्यवसायीका समस्याको समाधानका लागि विशेष पहल गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा एसोसिएसनले विद्यार्थीहरू सारिका राना र खुसी तामाङलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद तिमिल्सीनाले धन्यवाद ज्ञापन, स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामचन्द्र तिमिल्सीना र सञ्चालन संस्थाका महासचिव चोक बहादुर गुरुङले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला