अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा खगेन्द्रबहादुर भाट पहिलो

नगेन न्यूज
  • ख-
  • ख+

बुटवल, २३ चैत । अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम हुनु भएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा तिलौराकोटबाट लुम्बिनीको शान्ति दीपसम्मको ४२ किलोमिटर दुरीमा भएको दौड प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा तिलौराकोटदेखि लुम्बिनीसम्म भएको म्याराथनमा नेपाल प्रहरीका निरन खड्का द्वितीय र श्रीलंकाका अमिला सनाथ तृतीय भएका छन् ।

लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद प्राप्त गरेका जानकारी दिनुभयो ।
त्यस्तै, लुम्बिनी मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको हाफ म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी पहिलो हुनुभएको छ ।

अधिकारीले २१ किलोमिटरको दुरी १ घन्टा ६ मिनेट २ सेकेन्डमा पुरा गद १ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुभयो ।

एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो हुनुभयो । त्रिभुवन आर्मीका मुकेश पाल तेस्रो र त्रिभुवन आर्मीकै नरेन्द्र रावल चौथो हुनुभयो ।

यस्तै महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाई पहिलो हुनुभयो । उहाँले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेर पहिलो हुँदैं १ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नुभयो ।

एपीएफकी विन्द्रा धान्के दोस्रो, नेपाल प्रहरीकी रेखा विष्ट तेस्रो र त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी चौथो भए ।
महिला र पुरुष दुवै विधामा दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र चौथोले ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला