चलचित्र विकास बोर्डद्धारा छोटा फिल्म प्रतियोगिता गर्दै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चलचित्र विकास बोर्डले लघु (छोटा) चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बोर्डले मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले प्रतिस्पर्धा आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिताबारे बोर्डले केही दिनअघि सार्वजनिक सूचना सार्वजनिक गर्दै प्रतियोगितामा सहभागी हुन बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी २०८० वैशाख १० गतेसम्ममा चलचित्र विकास बोर्डको कार्यालय वा इमेल fdbnepal@gmail.com  मार्फत पेश गर्नुपर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट तीनले क्रमशः प्रथम, द्वितीय र तृतीय गरी एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पुरस्कृत फिल्मलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउने पनि बोर्डले जनाएको छ ।

प्रतियोगितामा सहभाभी हुने फिल्म कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतिशत चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ ।
सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका फिल्मले मात्र भाग लिन पाउनेछन् र ती फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्ने जनाइएको छ ।

सहभागिताका शर्तहरुः–

(१)  निर्माता नेपाली नागरिक हुनुपर्नेछ ।

(२)  चलचित्र लघु चलचित्र हुनुपर्नेछ ।

(३) लघु चलचित्र नेपाली वा नेपालको राष्ट्र भाषामा निर्माण गरिएको हुनुपर्नेछ ।

(४) सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई दरखास्त दिनुपर्नेछ ।

(५) फाराम पूर्णरूपमा भर्नुपर्नेछ । फाराममा भरिएका विवरणलाई छनोटका लागि अन्तिम आधार मानिनेछ ।

(६) बोर्डले लघु चलचित्र प्रतियोगितामा सहभागी भई पुरस्कृत हुने चलचित्रहरुलाई प्रोत्साहन गर्नका लागि स्वदेश तथा विदेशमा आयोजना हुने अवार्ड, महोत्सव, विशेष शो आदिमा सहभागी गराउन सक्नेछ ।

(७) सूचना प्रकाशन भएको मितिले ३ (तीन) वर्ष भित्र निर्माण भएका लघु चलचित्रहरु मात्र सहभागी हुन सक्नेछन् ।

(८) चलचित्र अवलोकनका लागि चलचित्रको फर्म्याटमाः पासवर्ड भएको कुनै पनि साईटको लिङ्क (Online Link) वा  DCP बुझाउनुपर्नेछ ।

(९)लघु चलचित्र बढीमा ६० मिनेट समयावधिको हुनुपर्नेछ ।

(१०) लघु चलचित्र कुनै पनि फर्म्याटमा खिचिएको प्रशोधन गरिएको तथा कुनै पनि प्रविधिको प्रयोग गरी निर्माण गरिएको हुनुपर्नेछ ।

(११) सहभागी हुने लघु चलचित्र चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण गर्न दिईने ईजाजतपत्र लिएको हुनुपर्नेछ ।

(१२) सहभागिता सम्बन्धी सम्पूर्ण जानकारी बोर्डको कार्यालय वा वेवसाइट http://www.film.gov.np  बाट समेत  गराइनेछ ।

(१३)  सहभागिता सम्बन्धी अन्य शर्तहरु दरखास्त फाराममा उल्लेख भए बमोजिम हुनेछन् ।

(१४) सहभागि हुने लघु चलचित्र चलचित्र विकास वोर्डको स्टोरी बैकं कार्यक्रममा सहकार्य र सहयोग प्राप्त भएको हुनु हुँदैन ।

(१५) लघु चलचित्र छनोटको सर्वाधिकार समितिमा र पुरस्कार सम्बन्धी सर्वाधिकार बोर्डमा निहित रहनेछ ।

(१६) यस सम्बन्धी अन्य कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला