कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र स्वर्णिम वाग्लेद्धारा तनहुँ १ मा मनोनयन दर्ता

नगेन न्यूज
  • ख-
  • ख+

तनहुँ, २० चैत । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट गोविन्द भट्टराई , नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन् ।

भट्टराईको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै हुनुहुन्थ्यो ।
खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।

वाग्लको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयन अघि मात्र रास्वपामा प्रवेश गर्नुभएको छ ।

घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो ।

मनोनयन दर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ आइपुग्नुभएको छ । उहाँ बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ आइपुग्नुभएको हो ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको थियो ।
गत मंसिरमा भएको चुनाव जितेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले यहाँ उपनिर्वाचन हुन लागेको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला