नाटक इम्ब्रियोनिक जापानको सबटेरेनियन थिएटरमा मञ्चन हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । इन्द्रेणी थिएटरको प्रस्तुति नाटक इम्ब्रियोनिक जापानको इताबासीमा रहेको सबटेरेनियन (subterranean) थिएटरमा मञ्चन हुने भएको छ ।
इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले नाटक २०२३ अप्रिल ०८ शनिबार र अप्रिल ०९ आइतबार साँझको ५ बजे गरि दुई सो मञ्चन हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

यस नाटकको लेखन, निर्देशन केदार नाथ पौडेलले गर्नुभएको र मञ्चमा केदारनाथ पौडेल, कपिल शर्मा र दिपेन्द्र पौडेल हुनुहुन्छ ।
नाटकको संगीत सिवहरि अर्याल र अर्जुन गुरुङ्ले निर्माण गर्नुभएको हो । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।

पौडेलले “मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र एकठ्ठामा व्यस्त छन । उनीहरु आफ्नै शरीरका हरेक अङ्गसँग बेखबर छन् । आफ्नै मुटु सँग बेखबर छन जो मानिस भ्रूण देखी मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने छ । कसरी प्रकृति चलिरहेको छ । यदी मानिस फुल भए के हुन्थ्यो ? मानिस खोला भए के हुन्थ्यो ? मानिस बादल भए के हुन्थ्यो ? मानिस बिउ भए के हुन्थ्यो ? यस्ता अनेक प्रश्नहरू मानिसको दिमागमा उब्जिन्छन् यो कला हेरेपछि जुन बिल्कुल जीवन बाँच्ने फरक तरिका हो । यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षगाथा बताइरहेको छ” नाटक इम्ब्रियोनिकका बारेमा बताउनुभयो ।

केदार नाथ पौडेलले २०२२ मार्च महिनामा इटालीस्थित पिसामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, संगीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी हुनुभएको थियो ।
उक्त कार्यक्रममा कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य रहेको थियो ।
त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति इम्ब्रिओनिक तयार भएको र त्यसपछि २०७९ श्रावण ६ गते ढिकीडाँडा रिसोर्ट, घार्मी मा केदारनाथ पौडेलले नाटक प्रदर्शन गरेको जानकारी पौडेलले दिनुुभयो ।

त्यसपछि लगत्तै २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेष्टिभलमा नाटक इम्ब्रियोनिक प्रदर्शन भएको थियो ।
काठमान्डौ स्थित त्यहाँको मण्डला थिएटरमा भएको (Nepal International Theater Festival, NITFEST2022) मा नाटक इम्ब्रियोनिक भव्य प्रर्दशन भएको थियो ।
त्यसपछि फरक फरक समयमा गरिएका कार्यशालाहरुले नाटकलाई परिस्कृत गर्दै यसपाली जापान यात्रामा छ ।

इन्द्रेणी थिएटरको स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य बिधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ ।
पौडेलले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ भने यहाँका स्थानीय सरकारी निकायहरू, बाङ्मय संस्थाहरू तथा अन्य समान उद्देश्य भएका विभिन्न संस्थाहरूसंग समन्वय गर्दै काम गरिरहेको जानकारी पनि गराउन भयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला