पोखरामा फोनिज गण्डकीको अन्तरक्र्रिया

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा पोखराको समृद्धि र पत्रकारको भूमिका विषयक अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको समृद्धि र यहाँको पर्यटन क्षेत्रको प्रचार प्रसारमा पत्रकारको भूमिका रहने बताउनुभयो ।
कोरोनाले सुस्ताएको पर्यटक चलायमान बनाउन आम सञ्चारको ठूलो जिम्मेवारी रहेको उहाँको भनाई थियो । पोखराको समृद्धिको मुख्य स्रोत भनेकै पर्यटन भएकाले संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाई थियो । पोखरामा भएका पर्यटनको सम्भावनालाई उजागर गर्न र पर्यटन प्रवद्र्धन गर्न पोखरा महानगर सधैं फोनिजसँग हातेमालो गर्त तयार रहेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा पोखरा महानगरले अहिले सम्म गरेका र आगामी योजनाका बारेमा बताउनुभयो ।
फोनिजका संघीय सल्लाकार हुमबहादुर गुरुङले पोखराका समृद्धिमा पत्रकारले सधैं साथ दिने बताउनुभयो । विशेषगरी समुदायगत पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पोखरा महानगरले योजना बनाउनुपर्ने उहाँको धारणा थियो ।
फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीष मगरले पोखरा महानगरसँग सहकार्य गर्दै आदिवासी जनजातिको उत्थानका लागि उत्कृष्ट कार्यक्रम गर्न तयार रहेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला