नयाँवर्षको अवसरमा वैशाख १ गते टुँडिखेलमा ओशो महोत्सव हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली नयाँवर्षको अवसरमा आगामी वैशाख १ गते टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ ।
लाइभ म्युजिकसहित ध्यान र उत्सव आयोजना हुने ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

ओशो तपोवनको सहकार्य र ओम नेपाल मिडियाले गत वर्षको वैशाख १ गतेजस्तै यसपटक पनि उत्सवको दोस्रो संस्करणमा ५० हजारभन्दा बढीको उपस्थितिमा उत्सव हुन लागेको जानकारी दिइयो ।
बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

यसपटकको महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम हुनेछन् । बिहान ९ बजेदेखि महोत्सव सुरु हुने भएपनि मुख्य कार्यक्रम बेलुका ५ बजे हुने जनाइएको छ ।

प्रवक्ता नीराजन भण्डारीले साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने जानकारी दिनुभयो ।
यो सत्रमा विशिष्ट व्यक्तिहरुसहित बोधिसत्य स्वामी आनन्द अरुणबाट सत्संग र आशिर्वाद प्रदान हुने जनाइएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य, संगीत र हास्य प्रस्तुति हुनेछन् ।
सांगीतिक समूह कुटुम्बले यही समयमा आफ्नो विशेष प्रस्तुति दिने भएको छ ।

फुड फेस्टिभलको संयोजन ख्याति प्राप्त सेफ सन्तोष शाहले गर्नुहुने छ । शाहले नयाँ परिकारहरु महोत्सवमा प्रस्तुत गर्नुहुने छ ।
शारीरिक तथा मानसिक तनाव, हतासा र विषादको कारणले दिनानुदिन बिग्रिदै गएको स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनामार्फत समृद्ध मनुष्य निर्माण गर्नु महोत्सवको उद्देश्य रहेको जनाइएको छ ।

महोत्सव पार्टनरको रुपमा ग्लोबल टुरिजम प्रमोसन काउन्सिल र मिडिया संयोजकको रुपमा नेपाल चलचित्र पत्रकार संघ छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला