प्रवीण गुरुङको स्मृतिमा विशेष सांगीतिक कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । यो दाजुको मिरमिरे आँखा, फूल मायामा नभूल लगायतका कालजयी गीतका गायक स्वर्गीय प्रवीण गुरुङको स्मृतिमा विशेष सांगीतिक एवम् स्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्लेमा चैत १२,१३ र १४ गते कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु बहादुर केसीले गर्दै अन्नपूर्ण गाउँपालिकाकाको पहिचान बढाउन स्वर्गीय गायक प्रवीण गुरुङले संगीतका माध्यम महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
यस्ता कार्यक्रमको निरन्तरताले सर्जकको सच्चा सम्मान हुने विश्वास उहाँलाई छ ।

सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रा अधिकारी देवकोटा र समाजसेवी आई बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको दोस्रो दिन चैत १३ गते प्रवीण गुरुङ स्मृति पुरस्कार गम बहादुर गुरुङलाई प्रदान गरिएको छ ।
उहाँलाई नगद १० हजार सहित दोसल्ला र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको हो । गम बहादुर गुरुङ स्व. प्रवीण गुरुङको सांगीतिक जीवनका सहयात्री हुनुहुन्छ ।

त्यस्तै सो अवसरमा अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका भित्रका एक जना स्रस्टालाई प्रत्येक वर्ष गर्दै आएको सम्मान स्वरुप यस वर्ष भने लोकदोहोरी गायक बाबुराम पौडेललाई सम्मान गरेको छ ।
नगद १० हजार, दोसल्ला र सम्मान पत्र सहित उहाँलाई सम्मान गरियो । दोस्रो दिनको प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सांसद प्रकाश बराल हुनुहुन्थ्यो । बरालले अन्नपूर्ण गाउँपालिकाको सांस्कृतिक संरक्षणमा सबै एक जुट भएर लाग्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।

सो अवसरमा प्रत्येक दिन नेपालका चर्चित लोकदोहोरी गायकगायिकाहरु जीवन दाहाल, कुमार पुन, कृष्ण अखेली, रामजी पौडेल, गंगा पौडेल, माया गुरुङ, चोलेन्द्र पौडेल लगायतका कलाकारले प्रस्तुति राखेका थिए ।

यस्तै सुगम संगीतमा गायक सन्तोष बस्याल र प्रीया गुरुङको प्रस्तुति रहयो । अन्तिम दिन साँझ भने लेकाली ब्याण्ड र नविन गुरुङको प्रस्तुति थियो । कार्यक्रमको संयोजन नविनले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला