अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरेली युवा सास्ंकृतिक परिवार (पोयुसाँप) ले कास्कीले अम्बर गुरुङ्ग राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाइ दिने घोषणा गरेको छ ।
परिवारले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई पहिलो पटक अम्बर गुरुङ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

२ लाख नगद र सम्मानपत्रसहित खरेललाई आगामी वैशाख १६ गते हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।
नेपाली गीतसंगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृतिमा स्थापित यो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिन्छ ।

साहित्यकार सरुभक्तको संयोजकत्वमा तीर्थ श्रेष्ठ र विक्रम गुरुङसहित पोखरेली युवा सास्ंकृतिक परिवारका अध्यक्ष र सचिव पदेन सदस्य रहेको पुरस्कार छनौट समितिले खरेललाई पुरस्कार दिन सिफारिस गरेको हो ।

सोही सिफारिसलाई पोयुँसापको बैठकले पारित गरेको पोखरेली युवा सास्ंकृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रत्येक दुई वर्षमा दिइने पुरस्कारको राशि दुईलाख रुपैयाँ नगदसहित दोसल्ला र सम्मान पत्र रहेको छ । पुरस्कार यही वैशाख १६ गते पोखरामा अर्पण गरिने परिवारले जनाएको छ ।

प्राज्ञ सरुभक्त संयोजक, तीर्थ श्रेष्ठ, विक्रम गुरुङ, संस्थाका अध्यक्ष उपेन्द्र पौडेल र सचिव डा चैतन्य अधिकारी निवर्तमान अध्यक्ष मोती भुजेल र परिवारका संगीत संयोजक एम.डि काफ्ले सदस्य रहेको सात सदस्यीय प्रतिभा छनोट समितिले खरेललाई सिफारिस गरेको हो ।
पोखरेली युवा सांस्कृतिक परिवारले अम्बर गुरुङ राष्ट्रिय संगीत कोष स्थापना गरी नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान र्पुयाउने व्यक्ति वा संस्थालाई पुरस्कार गर्ने व्यवस्था गरेको हो ।

संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले नेपाली संगीतको विकासमा उत्प्रेरणात्मक योगदान गर्न पहिलोपटक नेपाली गीत लेखनको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गर्नुभएका खरेललाई पुरस्कृत गर्न लागिएको बताउनुभयो ।

पुरस्कृत खरेल ६ दशकदेखि अनवरत रुपमा नेपाली गीत लेखनको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । वि.स.१९९५ साल माघ २७ गते काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिनुभएको खरेलका ए दूरका सितारा (२०१४, गीत सञ्चयन), के हो तिम्रो नाउँ (२०२०, गीत सञ्चयन), मेरी पारु (२०२२, गीत सञ्चयन), प्रियतमा (२०३६ गीत सञ्चयन) प्रकाशित छन् ।

खरेलले एक सय भन्दा बढी चलचित्रमा गीत लेख्नुभएको छ । उहाँ २०२०, २०२२, २०२६ र २०२८ मा रेडियो नेपालको सर्वोत्तम गीतकारका रुपमा पुरस्कृत भईसक्नुभएको छ ।

खरेल शाही नेपाली चलचित्र संस्थानमा २०४३ देखि २०५० सम्म नायब महाप्रबन्धक बन्नुभएको थियो । श्री रत्न रेकर्डिङ संस्थान, संगीत प्रवद्र्धन समिति, केन्द्रीय चलचित्र जाँच समितिलगायतमा सञ्चालनक समिति सदस्य भईसक्नुभएको छ ।

सरकार प्रमुखले प्रदान गर्ने विभिन्न विभूषण सहित पाँच दर्जन बढी सम्मान र अभिनन्दनबाट खरेल अभिनन्दित भईसक्नुभएको छ । उहाँले २०३९ सालमा छिन्नलता गिती पुरस्कार तथा २०५६ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पनि प्राप्त गरिसक्नुभएको छ ।

POYOUSAP-Press-Release-2079-2

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला