नाचघरमा चलिरहेको बुद्ध थिएटर फेस्टिभलमा आज ‘थ्री लाफिङ मंक्स’ नाटक मञ्चन

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । रंगमञ्च दिवसको अवसर पारेर ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ काठमाडौंमा सुरु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा महोत्सवको तेस्रो संस्करण सुरु भएको हो ।
शेचेन गुम्बाका १० जना बौद्ध भिक्षुले मन्त्रोच्चारण गर्दै फेस्टिभलको औपचारिक शुभारम्भ गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बुद्धको जीवन र दर्शनमा आधारित नाटक मञ्चन गर्ने फेस्टिभलको आयोजना हुनु निकै राम्रो कार्य भएको बताउदै बुद्धसम्बन्धी फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्य रहेको फेस्टिभलमा पहिलो दिन नृत्य नाटिका ‘चण्डालीका’ मञ्चन गरिएको थियो ।

समारोहमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करणदेखि यस महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने बताउनुभयो ।

महोत्सव निर्देशक तथा अभिनेता पुष्कर गुरुङले बुद्धलाई नेपालीले पनि राम्रोसँग बुझेर आफ्नो हो भनेर चिन्न सकुन् भनेर फेस्टिभल आयोजना गरिएको बताउनुभयो । आगामी संस्करणदेखि महोत्सवलाई अन्तराष्ट्रिय स्तरमा लैजाने समेत उहाँको भनाइ थियो ।

चैत १७ गतेसम्म चल्ने फेस्टिभलमा ६ नाटक मञ्चन हुनेछन् ।
मंगलबार ५ बजे प्रशान्त बगाले निर्देशित ‘थ्री लाफिङ मंक्स’ मञ्चन हुँदैछ ।
बुधबार निकिता गुरुङ निर्देशित ‘प्रतिविम्ब’ र गीता थापा निर्देशित ‘पत्ताचारा’ मञ्चन हुनेछ ।


बिहीबार वर्षा वान्द्रा निर्देशित ‘पश्चाताप’ र सश्मिल मगर निर्देशित ‘अमरपाली’ देखाइनेछ । महोत्सवको अन्तिम दिन शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन हुनेछ ।

समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार रुपैयाँको ‘डबली अवार्ड’ प्रदान गरिएको थियो । बरालको पुरस्कार अभिनेत्री दीया मास्केले ग्रहण गर्नुभयो । कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोकप्यासी राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक अभि सुवेदी लगायत रंगकर्मीहरुको उपस्थिति थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला