
पोखरा ।
पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान) कास्कीको अध्यक्षमा साईमन पार्टी प्यालेसका सञ्चालक दीपक तिमिल्सिना चयन हुनुभएको छ ।
सिटी रेवान कास्कीको शुक्रबार पोखरामा भएको आठौं अधिवेशन तथा १९ औं साधारणसभाले वर्तमान कार्यवाहक अध्यक्ष तिमिल्सिनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि अध्यक्ष पिताम्बर पौडेलले घरायासी समस्या देखाउँदै पदबाट राजिनामा दिएपछि तिमिल्सिना कार्यवाहक अध्यक्ष बन्नुभएको थियो ।
समितिको महिला उपाध्यक्षमा तुलसा जिसी, खुल्ला उपाध्यक्षमा रामप्रसाद ज्ञवाली, महासचिवमा मनोज केसी, सचिवमा केशव घिमिरे र कोषाध्यक्षमा प्रेम सापकोटा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा बद्री पौडेल, बासुदेव दहाल, शरण गुरुङ, पार्वती लम्साल बराल, विष्णु शर्मा, सुनिता थिङ र लुमाकुमारी कुँवर चयन भएका छन् ।
यसअघि अधिवेशनको होटल व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष दीनेशकुमार चुकेले उद्घाटन गर्दै बैंकहरुको चर्को ब्याजदरका कारण नीजि क्षेत्र धरासायी बनेको बताउनुभयो । उहाँले गलत नीतिका कारण अहिले आर्थिक मन्दी चलिरहेको र यसले होटल तथा रेष्टुरेण्ट व्यवसाय चौपट भएको बताउनुभयो । उहाँले ब्याजदर घटाएर लोनको पुर्नतालिकीकरण गर्न सकेमात्र व्यवसाय पुरानो लयमा फर्काउन सकिने उल्लेख गर्नुभयो ।