आलु महोत्सवलाई हेमजाका युवा तथा आमा समुहको साथ

नगेन न्यूज
  • ख-
  • ख+

हेमजा । ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका युवा तथा आमा समूहले सघाउने प्रतिबद्धता गरेका छन् । महोत्सव यही चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हुदैछ ।

मूल आयोजक समितिले राखेको युवा तथा आमा समुहको भेलाका सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्घता जनाउनुका साथै भेलामा आलु महोत्सवले हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा चिनाउने गरेको पहल गर्ने कुरा राखेका थिए ।

हेमजा युनाइटेडका अध्यक्ष राजेस त्रिपाठी, युवा रेडक्रस सरकल हेमजाका अध्यक्ष अनिल पौडेल, अम्बिका मा.बि शिक्षक अभिभावक संघका अध्यक्ष मादेब अधिकारी लगाएतले भनाइ राख्नुभएको थियो ।

कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, सिद्धिविनायक आमा समुहको अध्यक्ष पार्बती थापा, राधा कृष्ण आमा समुहको प्रतिनिधित्व गर्दै सृजना सापकोटा, देविस्थान आमा समुहकी सदस्य बुद्ध कुवर, सृजनशिल आमा समुहको सचिब गीता बराल अधिकारी, लगायतले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

Exif_JPEG_420

भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ ।

त्यस अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, युवा परिचालन उप समिति संयोजक अमित तिमिल्सिना, आमा समूह परिचालन उप समिति संयोजक उमा भुर्तेल पौडल , सांस्कृतिक उपसमिति संयोजक दान बहादुर थापा लगायतले सहजीकरण गर्नुभएको थियो ।

महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला