वात्स्यायनको ८१ वर्ष अवसरमा नागरिक अभिनन्दन तथा रथारोहण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा चैत्र ३ ।
पोखराका साहित्यिक र वाङ्मयिक विभिन्न संस्थाहरूले उहाँको ८१ वर्ष प्रवेशको अवसर पारी नागरिक अभिनन्दन तथा रथारोहण गर्ने भएका छन् ।
१९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा १३) मा जन्मिनुभएको कलाकार बरालले सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उहाँले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डो¥याउन अतुलनीय योगदान गर्नुभएको छ ।

पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गर्नुभएको छैन, थुप्रै अनुजहरुलाई दीक्षित गर्नुभएको छ ।
बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याउनुभएको छ ।

साथै व्यंग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा विशिष्ट योगदान पु¥याउनुभएको छ ।

पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि बराललाई नै दिने गरिएको छ ।
उहाँले पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि ठूलो योगदान पुर्याउनु भएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किनुभएका कलाकार बराल पोखरा र यो देशकै अमूल्य रत्न हुनु भएकाले सम्मान गर्न लागेको बताउनुभयो ।

चैत ५ गते कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट सुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुग्ने रथारोहणमा सम्पूर्ण व्यक्तिलाई सहभागी हुन पौडेलले सम्पूर्ण सहकार्य गरिरहेका संस्थाहरूका तर्फबाट आग्रह गर्नुभएको छ ।
विशेष नागरिक अभिनन्दनका लागि हालसम्म ३१ वटा विभिन्न संस्थाहरू जुटेका छन् ।

press release

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला