
पोखरा । नौलो घुम्ती नेपालद्वारा कास्की जिल्ला, जिल्ला प्रशासन कार्यालय कास्कीको परिसरमा रहेको जिर्ण प्रतिक्षालय पुनर्निर्माण गरी एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार खड्गबहादुर बहादुर रानाभाटले प्रतिक्षालय पुनर्निर्माण भए सङ्गै जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुनुका साथै थप ब्यवस्थित हुने बताउनुभयो ।
संस्थाका अध्यक्ष बद्रीविनोद खनालले जिल्ला प्रशासन कार्यालय कास्कीसंगको सहकार्यमा प्रतिक्षालयल पुनर्निर्माण गर्न पाउँदा संस्थाले गर्व महसुस गर्नुका साथै समाजिक उत्तरदायित्व निर्वाह गरेको महशुस भएको छ यस कार्यले दुई संस्था बिचको सम्बन्ध थप प्रगाढ रहने बताउनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसिले नौलो घुम्ती नेपालले कास्की जिल्ला लगायत देशका विभिन्न जिल्लाहरुमा लागुपदार्थ परामर्श उपचार तथा पुनस्र्थापना तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेको र आगामी दिनहरूमा पनि संस्थाले यसरि नै काम गरोस भन्ने शुभकामना ब्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार पदमराज पहारी, संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थापा मगर, कोषाध्यक्ष महेन्द्र कुमार गुरुङ, सदस्य ढुण्डीराज ज्ञवाली, कार्यकारी निर्देशक अनेश गुरुङ लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले संचालन गर्नुभएको थियो ।