छैटौं निफमा ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण आज बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै फेस्टिभल आरम्भ हुनेछ ।
ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित ‘चरी’ प्रिमियर गरिने भएको छ ।

पत्रकार सम्मेलनमा ३५ मुलुकका ९५ फिल्मले महोत्सव प्रतिस्पर्धामा सहभागी हुने जानकारी दिइयो । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित हुन लागेको फेस्टिभल चैत २ गतेदेखि ६ गतेसम्म क्यूएफएक्स चेन अन्तर्गतका चार हल र पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ ।

क्यूएफएक्सको सिभिल मल, छाया सेन्टर, लबिम मल र भक्तपुरको भाटभटेनी हलमा फिल्म प्रदर्शन हुनेछन् । मास्टरक्लास, छलफल लगायतका कार्यक्रम भने पर्यटन बोर्डमा हुनेछन् ।
यसपटक पनि ७ विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरु प्रतिस्पर्धामा छन् ।

निफ अध्यक्ष केपी पाठकले पत्रकार सम्मेलनमा यसपटक रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइएको चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञले विभिन्न सेसनमा सहभागिता जनाएर छलफल गर्नुहुने बताउदैं चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा मास्टरक्लास दिने जानकारी दिनुभयो ।

भारतीय फिल्म निर्देशक प्रेमेन्द्र मजुमदारले अन्तर्राष्ट्रिय उचाइसहितको घरेलु सिनेमा विषयमा मास्टरक्लास दिने र प्राध्यापक इटामी बोर्जनले डकुमेन्ट्री फिल्ममा नयाँ प्रवृत्ति विषयमा मास्टरक्लास दिने पाठकले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा वरिष्ठ निर्देशक तथा निर्माता नीर शाहले निफले फिल्म हेर्ने संस्कृतिलाई नयाँ उचाइमा लैजाने बताउदैं यहाँ देखाइने फिल्महरु हेर्दा कोर्स गरेजस्तै महसुस हुने बताउनुभयो ।
जुरी तथा चिनियाँ फिल्म प्राध्यापक ली रानले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गर्न सहकार्यको खाँचो रहेको बताइन् । फेस्टिभल अध्यक्ष पाठकका अनुसार निफमा भाग लिन ५० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्ममेकर काठमाडौंमा आउनेक्रममा रहेको जानकारी दिनुभयो ।

भूराजनीतिमा सिनेमाको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीति स् नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ स् महत्व र अभ्यास, हास्य व्यंग्यले हौसिएको नेपाली सिनेमा र आमा नायिका ः जिम्मेवारी र करिअरजस्ता विषयमा प्यानल छलफल चलाइने भएको छ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले फेस्टिभल गर्न लागेको हो ।

फिल्म हलमा टिकट बुकिङ खुला भएको र खल्ती एपमार्फत पनि टिकट बुकिङ गर्न सकिने जानकारी आयोजकले दिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला