
पोखरा । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सीईओमा नियुक्त गरेको हो । बुढाथोकीले असार महिनादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आउनुभएको थियो ।
बैठकले बुढाथोकीलाई चैत १ गतेदेखि कार्यभार समाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. २८ माझठाना निवासी बुढाथोकी १५ वर्षदेखि बैकिङ्ग क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
बैंकको देशका विभिन्न ठाउँमा शाखा विस्तार गरिएको छ । बैंकले कृषि, पर्यटन र साना उद्योग जस्ता क्षेत्रमा कर्जा लगानीलाई विशेष जोड दिँदै आएको छ ।
पोखरा ८ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको बैंकको देशका विभिन्न ठाउँमा शाखाहरु विस्तार गरिएको छ । बैंकले कृषि, पर्यटन र साना उद्योग जस्ता क्षेत्रमा कर्जा लगानीलाई विशेष जोड दिँदै आएको छ ।