टेम्पल ट्री १३ औं वर्षमा प्रवेश

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत्र १ । पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ ।
टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव, स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सोसल मिडिया तथा साइटहरुले यो रिसोर्टलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेको छ ।
त्यस्तै, बुकिङ डट कमले पनि यो रिसोर्टलाई वर्षेनी उत्कृष्ट स्टार प्रदान गर्दै आएको छ ।

१३ औं  वर्ष प्रवेशका अवसरमा रिसोर्ट सञ्चालकहरु विच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

रिसोर्ट सञ्चालन समितिमा बसन्त गौतम अध्यक्ष, चन्दन कायस्थ प्रवन्ध निर्देशक तथा निर्देशकहरुमा मोनिका ज्यान्तीले, रञ्जन कायस्थ, प्रेम श्रेष्ठ र विमल नहर्की रहनुभएको छ ।

रिसोर्टमा हाल सय बढी कर्मचारीहरु कार्यरत छन् ।
यसै अवसरमा रिसोर्टले कर्मचारीहरुमा उत्प्रेरणा जगाउन भेटघाट तथा छलफल एवं समिक्षात्मक कार्यक्रम पनि गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला