फिल्म ‘ए साथी सुन’को टिजर रिलिज, फिल्म जेठ ५ मा (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ जेठ ५ गते रिलिज हुने भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गर्नुभएको हो ।
यसअघि यो फिल्म चैत १० गते रिलिज हुने भनिएपनि सम्पादन कार्यमा ढिलाइ भएकाले पोस्टपोन्ड भएको जनाइएको छ ।
धेरै प्राविधिक काम नसकिएको र प्रचारका लागि पनि समय नपुगेकाले प्रदर्शन हेरफेर गरिएको निर्देशक आचार्यले बताउनुभयो ।

बदलाको कथावस्तुमा आधारित यो फिल्मलाई रामराघव आचार्यले लेखन तथा निर्देशन गर्नुभएको हो ।
फिल्ममा रमेश बानियाँ, आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीको पनि अभिनय छ । बाल कलाकारमा कृष्मा खड्का र इभान सन्जेल रहेका छन् ।
यो फिल्मलाई जयनन्दको अन्तिम फिल्म समेत भनिएको छ ।

फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गर्नुभएको हो । त्यस्तै, सह निर्मातामा पोखराका सञ्चारकर्मी तथा चियादानीका सञ्चालक सुदीप पौडेल हुनुहुन्छ ।

फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो । यसलाई देशव्यापी आरआर फिल्म्सले वितरण गर्नेछ ।
फिल्ममा मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको द्वन्द्व, दीर्घ खड्का र मिराज अर्यालको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, राजेन्द्र मोक्तानको कलर, दिनेश विष्टको भिएफएक्स र भरत कँडेलको साइन्ड डिजाइन छ ।
टिजरमा फिल्ममा वर्षाको भूमिका सशक्त हुनसक्ने देखिन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला