लुम्बिनी विकास बैंकको एटिएम रामबजारमा उद्घाटन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले सेवालाई अझ प्रभावकारी बनाउन पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ ।
एटिएमको पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष सुशिलराज पराजुली, पुर्व सञ्चालक बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानियले एटिएमले बैंकको सेवा लिन अझ सजिलो हुने बताउनुभयो ।

शाखा प्रबन्धक बाल कृष्ण वनले सञ्चालन गरेको कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको बारेमा जानकारी दिनुभएको थियो । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको खनाल जानकारी दिनुभयो ।
उहाँले रामबजार शाखाबाट एटिएम सेवा शुरु गरी स्थानिय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पु¥याउन पहल गरेको बताउनुभयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको यो सगैँ १८ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजना ल्याएको बैंकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला