मानव सेवा आश्रममा लोक दोहोरी दिवस

नगेन न्यूज
  • ख-
  • ख+

हेमजा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले लोक दोहोरी दिवस मनाएको छ । फलफुलतथा खाद्यान्न बितरण गरि सोमबार २२ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रम का प्रमुख अतिथि समाजसेवी मदन थापाले कलाकारहरु देशका महत्वपूर्ण सम्पति भएको बताउदै राज्यले ध्यानदिन नसक्नु दुखलाग्दो भएको बताउनु भयो ।

त्यस्तै सस्थापक अध्यक्ष तारापती सुवेदी, पार्बती जि सि,ले मानव सेवा आश्रमा लोकदोहोरी दिवस मनाउन पाउदा खुशी लागेको बताउनु भयो ।
कार्यकम्रमा सर्जक समाजसेवी यसु थापा सल्लाहकार हरु क्रमशः दिपक तिमिल्सिना र लक्ष्मी सुवेदी ,मानव सेवा आश्रका कोषाध्यक्ष दुर्गा तिम्सिना हेम्जा इकाइ कमिटी का अध्यक्ष जयराम तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसी क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष परशुराम अधिकारीले स्वागत र सचिव नारायण बहादुर सुनारले कार्यक्रम सचांलन गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला