अप्टिमिष्ट ईन्टरनेशनलद्धारा विद्यार्थीलाई निःशुल्क शिक्षा योजना सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

निजगढ । नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन निजगढमा सम्पन्न भएको छ । सम्मेलनले ‘अप्टिमिष्ट एजुकेशन फन्ड’ स्थापना गरेर गरिव तथा जेहेन्दार विद्यार्थीलाई कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षा दिने योजना सार्वजनिक गरेको छ ।

अप्टिमिष्ट एजुकेशन फन्डका संयोजक प्रदीव बहादुर थापाले फण्डका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरिने जानकारी दिनुभयो ।

महासचिव प्रकाश घिमिरेले संस्थाको स्वरूपबारे जानकारी गराउदैं समुदाय र समुदायका सदस्यहरुको हकहितका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन सामुदायिक विकासका परियोजनाहरु संचालन गर्दै लैजाने आफ्नो उद्धेश्य रहेको बताउनुभयो ।

सम्मेलनमा निजगढ नगरपालिका उपमेयर सोममाया थिङले सकारात्मक सोचका साथ अगाडि बढ्यौ भने सफलता प्रदान गर्न सकिन्छ र जीवन आशावादी भएर अगाडि बढ्छ भन्दै हरेक काममा सम्भाव्यताहरू प्राप्त गरि लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।

उहाँले संस्थाको उदेद्धेश्यसँग आफ्नो जीवन मेल खाने भएकाले किशोरी स्वास्थ्य सचेतना कार्यक्रमलाई नगरपालिले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष प्रभाकर रिजालले सकारात्मक शिक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।

निवर्तमान गभर्नर उदय कुमार निरौलाले कार्यक्रममा उपस्थित नेपालभरका क्लव सदस्यलाइ प्रशिक्षण गराउनुका भएको थियो ।

साथै विभिन्न समूह विभाजन गरी संस्थालाई के कसरी स्थायित्व प्रदान गर्न सकिन्छ र समाजमा कसरी सदुपयोग गर्न सकिन्छ भनेर छलफलसमेत चलाइएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सदस्य नारायण शर्मा र गौरी शंकर माबिका प्रधानाध्यापक यादब कुमार तिम्सिना,अप्टिमिष्ट रूपराम धिसीङ, अप्टिमिष्ट कल्वका सचिव तथा निजगढ नगरपालिका वडा न ८ का वडा अध्यक्ष स्वर्ण लामा, रुद्र प्रसाद धिताल लगायतले आफ्ना भनाई राखेका थिए ।

संस्थाका गभर्नर पृथ्वीराज थापाले सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित कार्यक्रमलाई बिस्तार गर्दै लगिने जानकारी गरादैं बालबालिका, किशोर किशोरी तथा युवा पिँढीको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने क्लबको उद्धेश्य रहेको स्पष्ट पार्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला