नेकपा एमाले वडा नं.१६ को मिसन ग्रास रूट कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं.१६ ले मिसन ग्रास रूट कार्यक्रम आज सम्पन्न गरेको छ । वडा नम्बर १६ का पार्टी अध्यक्ष राजेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय कमिटी सदस्य एवम गण्डकी प्रदेश सह इन्चार्ज मायानाथ अधिकारी रहनु भएको थियो । भने अतिथि प्रदेश कमिटीका सचिवालय सदस्य डा. पुष्पा केसी भण्डारी रहनु भएको थियो ।

अधिकारीले पार्टीलाई मजबुत र बलियो बनाउनको लागि यहाँ रहेका टोल कमिटीलाई अग्रह पंक्तिमा राखी जनताको घर घर मा पुगी जनताको भावना बुझ्नु आजको आवश्यकता रहेको र पाटीमा रहेका कमिकमजोरीहरू सुधार गर्दै जानु पर्ने हुदा तपाईहरूलाई लागेका सुझाव टिपोटहरू संकलन गरी पठाउन आग्रह गर्नु भयो ।
साथै उँहाले ग्रास रूट भनेकै तल्लो तह देखि उपल्लो तह सम्मका समस्यालाई न्यूनिकरण गर्दै अबका दिनमा कमिकमजोरीहरूलाई सुधारदै अघि बढ्नु पर्ने बताउनु भयो ।

त्यस्तैगरी डा। पुष्पा केसी भण्डारीले नेकपा एमाले पाटीमा एउटै सोच, बिचार र मिसन एकै तबरले अगाडि बढ्नका लागि नै ग्रास रूट कार्यक्रमलाई अगाडि बढाईएको र आउँदा दिनमा जनताका भावना बुझनु पर्ने जरूर रहेको बताउनु भयो ।

कार्यक्रममा वडा पार्टी अध्यक्ष राजेश गुरुङले हामी भित्र पनि केही कमी कमजोरीहरू छन्। ती कमी कमजोरीलाई हटाउदै अब आउँदा दिनमा पाटीलाई मजबुत बनाउन सबैको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा दलित मुक्ति मोर्चा १६ का अध्यक्ष पस बहादुर बि। क पाटीका शुभचिन्तक अग्निधर शर्मा, नविन्द्र तिमिल्सिना, बिनोद अधिकारी, इन्द्र प्रसाद सुवेदी, मदन आचार्य लगायतले आफ्ना भनाई राख्नु भएको थियो ।
कार्यक्रम संचालन वडा पाटी कमिटीका सचिव रामचन्द्र आचार्यले संन्चालन गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला