राष्ट्रिय ललितकला प्रदर्शनी गणतन्त्र दिवसमा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को हरेक वर्ष वैशाख २ गतेदेखि सुरु हुने प्रदर्शनी यस पटकको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जेठ १५ गतेदेखि सुरु गर्ने भएको छ।
उक्त प्रदर्शनी यस वर्षदेखि जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सुरुआत गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो । थुम्केलीले यसरी जेठ १५ देखि प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुने र प्रदर्शनीको तयारी तीव्र रुपमा अघि बढेको बताउनुभयो ।

काफ्लले गणतन्त्र दिवस नेपालीको ठूलो उत्सव भएकोले प्रदर्शनीलाई त्यही उत्सवको अवसर पारेर सुरुआत गर्न लागेको बताउनुभयो ।

ललितकला क्षेत्रको राष्ट्रिय उत्सव मानिने उक्त प्रदर्शनी एक महिनासम्म चल्नेछ । प्रदर्शनीका लागि कला कृति बुझाउने म्यादसमेत थप गरिएको छ । उहाँका अनु्सार अब चैत १५ गतेसम्मका लागि कलाकृति बुझाउने समय सीमा तोकिएको छ ।

चैत १५ गतेसम्म ल्याइने कलाकृति प्रतियोगितामा समावेश गरिनेछन्। झण्डै दुई महिना ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएकाले यसरी कलाकृति बुझाउने म्याद थप गरिएको हो । यसअघि दुई पटक कलाकृति बुझाउने समय थप भइसकेको छ ।

यसपटकको प्रदर्शनीमा झण्डै एक हजार कलाकृति समावेश गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा नेपाली ललितकलाको सबै क्षेत्रका कलाकृति हेर्न पाइनेछ ।
यसले ललितकला विकास तथा प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । नयाँ कलाकारलाई सिक्ने र सिकाउने अवसर पनि प्रदान गर्ने भएकाले प्रदर्शनी महत्वपूर्ण हुनेछ ।

अन्य प्रदर्शनी एकल वा सामूहिक रुपमा सीमित कलाकारको सहभागितामा वा निजी ग्यालरीमा हुनेगर्छ । यस्ता प्रदर्शनीले मुलुकको मौलिक पहिचानलाई विश्वसामु र्पुयाउन सहयोग पुग्ने कुलपति हार्तम्छालीले बताउनुभयो ।
उहाँले प्रतियोगितात्मक कार्यक्रमले कलाकारलाई कलाकृतिमा निखारता ल्याउन हौसला प्राप्त हुने बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला