चितवन, २५ फागुन ।
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिँदै हुनुहुन्छ । चितवनको सौराहामा उहाँहरूको वैवाहिक समारोह आयोजना गरिएको छ ।
उहाँहरूको विवाहमा सीमित फिल्मकर्मी साथीभाइ र आफन्त निम्त्याइएको छ । दुवैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागिएको हो ।
केही अगाडि विवाह गर्ने सार्वजनिक भएपनि दुवैले बुधबार इन्गेजमेन्ट गर्नुभएको थियो । जसको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।
अझै पनिबाट चलचित्रमा डेव्यू गर्नुभएको नायिका सुरक्षाले धनपति, भैरे, रोमिया एनड मुना, चंगा चेट, गोपी जस्ता फिल्मका अलावा कैयौँ म्यूजिक भिडियोमा काम गरिसक्नुभएको छ ।
त्यस्तै मानवले फिल्म ‘अन्तराल र चिनी कम रङ कडा’ मा अभिनय गर्नुभएको छ । यतिबेला उहाँ छोटा फिल्म निर्देशन गर्दै हुनुहुन्छ ।