राष्ट्रपति निर्वाचनमा मतदानमा पहिलो मत रामचन्द्र पौडेलको, आजै मतपरिणाम घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, फाल्गुन २५ । मुलकका लागि हुन गइरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ ।
बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखि मतदान सुरु भएको हो । जारी मतदानमा पहिलो मत नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले हाल्नुभएको छ ।

निर्वाचन अधिकृत महेशराज पौडेलले बिहान १० बजे देखी सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुने र तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्ने बताउनुभयो ।

मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाईएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ ।
मतदान सकिएसँगै मतगणना सुरु गरेर आजै मतपरिणाम घोषणा हुनेछ ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला