नारी दिवसको अवसरमा टीभी फिल्मी ‘नारी टीभी’ मा परिवर्तित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । १४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको टेलिभिजन च्यानल टीभी फिल्मीको नाम परिवर्तन गरिएको छ ।
सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलले अबदेखि च्यानलको नाम नारी टीभी रहने जानकारी दिनुभयो ।

नारी दिवसको अवसरमा बुधबारदेखि टेलिभिजनले नारीसम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने समेत उहाँले जनाउनुभयो ।
टीभी फिल्मीमार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौं। परिस्थिति फेरिँदै जाँदा करिब दुई वर्ष जति सिनेमा नै चलेनन् । त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो। कुनै समय थियो जतिबेला टिभी फिल्मी नेपाली सिनेमा, कलाकार, प्राविधिक, वितरकको एक मात्र साझा मञ्च थियो ।

सो टेलिभिजन च्यानलकी अध्यक्ष निकिता पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै, “आज परिस्थिति बदलिएको छ । अब हामी हाम्रो च्यानललाई नेपाली नारीमा समर्पित गर्न चाहन्छौं । टीभी फिल्मी अब छिट्टै नारी टीभी बनेर आउनेछ । आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ ।” भन्नुभएको छ ।

पौडेलले नारीमा समर्पित हुने गरी च्यानल प्रसारण गर्न लागिएको बताउदैं कर्मचारी, प्राविधिक र प्रस्तोताको रुपमा सबै महिला नै रहने समेत जनाउनुभयो ।
नारी टीभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दा नारीमै केन्द्रित रहने समेत जनाइएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षसमेत भइसक्नुभएको पौडेलले विज्ञप्तिमा “नारी टीभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दा अधिकांश नारीमै केन्द्रित रहने छन्। महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उद्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरुलाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीका प्रेरणादायी कथा देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रसारण गरिने छन्। यी कार्यमा पुरुषले सघाउनुपर्नेछ, साथ र हात दिनुपर्नेछ।” उल्लेख छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला