रेडियो जननीको दशौँ वार्षिकोत्सव बुधवार, जननी अवार्ड र सम्मान प्रदान गरिदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पद्मावती मिडिया प्रालिद्धारा सञ्चालित रेडियो जननी ९०.६ बुधबारदेखी नवौँ बर्ष पूरा गरि १० औँ बर्षमा प्रवेश गर्दैछ ।
रेडियोले १ सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन फागुन २४ गते बुधबार आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा ३ कर्मठ नारीहरुलाइ जननी अवार्ड, पध्मवती अवार्ड र स्याबी अवार्डले सम्मान गर्दै छ ।
कार्यक्रम फाल्गुन २४ गते बुधबार माउन्ट कैलास रिसोर्टमा दिनको ठिक १ बजे बाट हुने छ ।

वार्षिकोत्सव समारोहको उद्घाटन पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यले गर्नुहुने छ ।
उक्त अवसरमा उपमेयर मञ्जुदेवी गुरुङ, महानगरका ३३ वटै वडाका वडाध्यक्षहरु र चार वटै गाउँपालिकाका उपाध्यक्षहरुको उपस्थिति रहने भएको छ ।

सोही दिन उद्यमशिलता सम्बन्धी अभिमुखीकरण तथा मानव अधिकारका लागि कानुनी सचेताना कार्यक्रम पनि आयोजना हुने छ ।

कानुनी सचेतनाका लागि प्रहरी कार्यालय कास्कीले सहजीकरण गर्ने छ भने उद्यमशिलताको लागि तालिम परामर्शदाता भक्तराज रसाईलीले सहजीकरण गर्नुहुने छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि रेडियो जननीका निवर्तमान अध्यक्ष सविता शेरचनको संयोजकत्वमा वार्षिकोत्सव मुल समारोह समिति गठन गरिएको छ ।
शेरचनले समाजमा उद्यमशीलतालाई अगाडी बढाउने र फरक खालको भुमिका निर्वाह गर्ने सोचका साथ अगाडि बढीरहेको रेडियोले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला