महिला दिवसमा पोखरा महागनरले र्याली र गृहिणी हाजिर जवाफ प्रतियोगिता गरेर मनाउने

नगेन न्यूज
  • ख-
  • ख
  • ख+

पोखरा । फागुन २३ गते ।पोखरा महानगरपालिकाले ११३ औँ अन्तराष्टिय महिला दिवसको अवसरमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार”भन्ने मुल नाराका साथ र्याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गरेर मनाउने भएको छ ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा र्याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो ।

पोखरा २७ तालचोकबाट र्याली सुरु गरेर लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी उत्कृष्ट र्यालीलाई नगद १० हजारले पुरस्कृत गरिने छ भने सहभागीहरु समुहलाई प्रोत्साहन स्वरुप ३ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै ¥यालीपछि आयोजना गरिने गृहणी महिलाहरुको हाजिरी जवाफमा मंगलबार दिउसोसम्म ५५ समुहले नाम दर्ता गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश १५ हजार, १० हजार, ७ हजार र सान्त्वना दुई समुले ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन ।
हाजिर जवाफ प्रतियोगितामा एक समुहमा तीन जना हुनुपर्ने छ भने ¥यालीमा एक समुहमा १५ जना भन्दा माथि आफनो ब्यानर र प्लेकार्ड सहित सहभागी हुन महानगरले आमा समुह, टोल विकास संस्था र सहकारीहरुलाई अनुरोध गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला