प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।प्रेस क्लब गण्डकीको प्रथम अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ ।अधिवेशनले एकराज गिरीको अध्यक्षतामा सात सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ ।

समितिको कार्यकाल तीन वर्षको रहने विधानमा व्यवस्था रहेको छ ।
यसैगरी संस्थाको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सहसचिव दीपा पौडेल भण्डारी चयन हुनुभयो ।

कार्यसमितिको सदस्यहरुमा आशिष पुरी र संकल्प ढुँगाना हुनुहुन्छ।
अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो।उहाँले तथ्य र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सरकारले तत्काल आमसञ्चार विधेयक नल्याउने बताउनुभयो । उहाँले सरकार र प्रतिपक्ष दलका वीचमा तत्काल आमसञ्चार विधेयक नल्याउने सहमति बनेको समेत बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार एवं यातायात मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेश सांसद एवं पूर्वमन्त्री विन्दुकुमार थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, क्लबका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोल्नुभएको थियो ।

उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव गौरब त्रिपाठीले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला