रविनको अध्यक्षतामा सिद्धार्थराजमार्ग टोल विकास समिति

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७, छोरेपाटनमा सिद्धार्थराजमार्ग टोल विकास समितिको तदर्थ समिति गठन गरिएको छ ।
शनिबार विहान दुर्गा मन्दिर परिषरमा भएको टोल भेलाले रविन गुरुङ्गको अध्यक्षतामा नौं सदस्यित तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राममाया वास्ताकोटी, सचिवमा बेदराज ढकाल तथा कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन भए ।

समितिको सदस्यहरुमा सरिता शर्मा, हिमलाल पौडेल, संजोग प्रधान, थमन परियार र विमल अधिकारी रहेका छन् ।
टोलका जेष्ठ नागरिक शोभाखर ढकालको प्रमुख आतिथ्यतामा भएको भेलाले उक्त समिति गठन गरेको हो ।

सो अवसरमा ढकालले टोल भित्रका विकृती विसंगती हटाउँदै स्वच्छ शान्त टोल निर्माणमा समिति लाग्नुपर्ने बताउनुभयो ।
भेला पछि गठन भएको समिति टोल विकासमा लाग्ने अध्यक्ष गुरुङ्गले प्रतिवद्धता जाहेर गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला