पोखरा महानगर कमिटिको आयोजनामा एमालेको मिसनग्रास रुट अभियान सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा ग्रासरुट अभियान अन्तर्गत ३३ वटै वडाको वडा कमिटिका पदाधिकारी र महानगर सदस्यहरु बिचको पार्टी सुदृढीकरण बिस्तार अभियान २०७९ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कमिटि सदस्य मायानाथ अधिकारीले नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियानले एमालेका कार्यकर्ताहरुलाई संगठित गर्दै पार्टी सञ्चालनलाई सुदृढ गर्न तर्फ लागिरहेकाले सम्पूर्ण पोखरा महानगर अन्तरगतका ३३ वटै वडाका पदाधिकारीहरुले यसवारेमा विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले एमालेले पार्टी निर्माणका लागी देशैभर अभियान सञ्चालन जारी राखेकाले यसतर्फ सम्पूर्ण सदस्यहरु आ आफ्नो ठाउबाट एकवद्ध भएर लाग्न समेत आग्रह गर्नुभयो ।

महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य पुण्य पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य शिव पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कमिटिको उपाध्यक्ष मोहन गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन कमिटिका सचिव जीवन आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारी लगाएतको समेत उपस्थिती रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला