राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं,१५ फागुन । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो । उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो ।

तर उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही व्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवम् प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिनुभयो ।

निर्वाचन तालिका अनुसार फागुन १६ गते बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय निर्धारण गरिएको छ ।
सोही दिन ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।
त्यसपछि फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला