कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, फागुन १४ । १३ औँ कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ सुरु भएको छ ।
पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्नुभयो ।

मुख्यमन्त्री अधिकारीले पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्नुपर्ने खाँचो औल्याउनुभयो ।
प्रतियोगिताको उद्घाटनमा भएको १५ सय मिटर छात्र दौडमा पोखरा महानगरपालिकाका प्रवेश आचार्य प्रथम, पोखराकै तेन्जोन रोका द्धितिय र माछापुच्छे गाँउपालिका तेजप्रसाद ढकाल तेश्रो हुनुभएको छ । आचार्यले ४ मिनेट ४४ सेकेण्ड,रोका ४ मिनेट ४६ सेकेण्ड र ढकालले ५ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो ।

त्यस्तै १५ सय मिटर छात्रा दौडमा पोखरा महानगरका नारायणी भण्डारी प्रथम, पोखराकै कविता मगर र माछापुच्छेका करुणा कुमाई द्धितिय हुनुभएको छ ।

भण्डारीले ५ मिनेट ५९ सेकेण्ड, मगर ६ मिनेट १७ सेकेण्डमा र कुमाईले ६ मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पुरा गर्नुभएको थियो ।
विजेता खेलाडीहरुलाई जिल्ल समन्वय समितिका प्रमुख जिलाधर पौडेल, अन्नपूर्ण गाँउपालिका अध्यक्ष विष्णु केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले मेडल र प्रमाणपत्र वितगरण गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला